1. झिल्काझिल्की-1
संसारमा आफूसँग भएको सबै वस्तु समर्पण गर्न पाउनु जस्तो मजा अरू केही नहुने रहेछ । दिन पाउनुभन्दा ठूलो भाग्य केही होइन रहेछ । भ्रम नै भए पनि सुन्दर कुरा सुन्दर हुने । म भन्छु, सुन्दर होस्, सुन्दर देखियोस्, सुन्दर सुनियोस्, स्वादिलो होस्, मीठो वास्ना आओस्, छाम्दा नरम–मुलायम भइदेओस्, बरु झुटो होस् तर मनपर्दाे होस् । भ्रममै भए पनि रमाउन पाइयोस् । बरु क्षणिक होस्, मीठो होस् । टर्रा चार जिन्दगीभन्दा मीठा चार घण्टा मूल्यवान् हुन् । भ्रममै भए पनि माया पाएको छु भनेर बाँच्न पाइयोस् ।
+++++++++++
दासले मालिकको सेवा गर्न पाएन भने उसको बँचाइको अर्थ भएन । पुजारीले देवता पाएन भने ऊ के गरोस् ? मानिस सुन्दरताको दास हो । मानिस सुन्दरताको पुजारी हो । उपयोगी वस्तुको पूजा हुने भएको भए घरघरमा गुलाफ, गोदावरी, सयपत्री र अरू फूल रोप्नुका साटो गमलामा आलु, धान र कोदो–मकै रोपिने थिए । मखमली र सयपत्री फूलको सट्टा आलु, केरा र मेवाको माला झुन्डिने थिए होला तिहारमा, उत्सवमा ।
+++++++++++
कसैले घुँडाको विषयमा कविता लेखेको थाहा छैन । घुँडो– जसले आफूलाई संसारसम्म पुर्याउँछ, घुँडो– जसले हरपल आड गर्छ, घुँडो– जसले बोक्छ, यति महान् घुँडाको विषयमा कविता खै त ? जब घुँडामा कुनै समस्या देखापर्छ मानिस रुन्छ, कराउँछ, डाक्टरकहाँ धाउँछ, यसलाई सुम्सुम्याउँछ । तर कविता लेख्तैन घुँडामाथि । किन ? किनभने घुँडालाई कसैले सुन्दर देखिदिएन ।
+++++++++++
संसारलाई देख्न पाइन्छ । संसारलाई हेर्न पाइन्छ । मानिसले संसार देख्छ, संसार हेर्छ । संसार हेरेर मानिस रमाउँछ, रुन्छ वा पीडित हुन्छ । अनि मानिस भन्छ, संसारमा हावा भए पनि यसको रङ छैन । रङबेगरको हावामाथि कसैले कविता लेख्तैन । हावा जो शीतलता बनाउँछ, हावा जो चराहरूलाई आकाशमा थाम्छ । हावा जो हुरी ल्याउँछ । हावा जो सुगन्ध फैलाउँछ । तर हावाको रङ छैन । हावा सुन्दर देखिन्न । त्यसैले हावाको सुन्दरतामा कसैले गीत गाएन, कसैले कविता रचेन । हावा सुन्दर भएन । उपयोगी भयो होला यो, तर सृुन्दर हुन सकेन ।
+++++++++++
हावाको रङ भएको भए के हुन्थ्यो ? हावाको रङ भएको भए संसार एकमात्र रङको हुन्थ्यो । हावा हरियो भएको भए हावादेखि उताको हावा पनि देखिने थिएन । रूख, चरा र फूल देख्न सकिने थिएन । हावा रातो भएको भए संसार रातो देखिने थियो । हावादेखि उता केही देखिने थिएन । रातो मात्र रहने थियो । मानिस अन्धो हुने थियो । हावाको रङ छैन । त्यसैले बाँकी सबै वस्तुको रङको अर्थ छ । त्यसैले मानिसका आँखाको पनि अर्थ छ ।
+++++++++++
अनि उता शकुन्तला छिन् । दुष्यन्तकी शकुन्तला । परापूर्वकालमा दुष्यन्तले प्रेमको कथा रचेर शकुन्तलाको रूपमाधुर्यमा नुहाए । बिचरी शकुन्तलालाई विवाहको नाटक रचेर गर्भिणी बनाए । आफू बेपत्ता भए । पछि शकुन्तला भेट्न गइन्, तिनले चिन्न सम्म अस्वीकार गरे । गाईलाई गाभिनी गराउने साँढेले त्यस गाईको मायामा विरह गाएको सुनिएको छैन । मानिसमा पनि कहिलेकाहीँ यस्तो हुनसक्तो रहेछ ।
+++++++++++
अनि पछि शकुन्तलाको गर्भबाट भरतजस्ता सक्षम छोरा जन्मे । राजा दुष्यन्तलाई ती छोरा चाहियो । आफ्नो उत्तराधिकारी बनाए तिनले भरतलाई । भरतको योग्यताले आमाको प्रेमलाई सबैबाट स्वीकार प्राप्त भयो । छोराको सामथ्र्यले शकुन्तलाले गुमेको प्रेम पाइन् । तिनै भरत कति शक्तिशाली भए भने समस्त भारतवर्ष उनैको भरत नामबाट चल्यो । आजको बर्मा, बङ्गलादेश, तिब्बत, भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का, अफगानिस्तान यति चार किल्लाको भूभाग भारतवर्ष तिनै शकुन्तलापुत्र भरतको राज्य हो । शकुन्तला महान् थिइन्, दुष्यन्त महान् थिएनन् । महान्सँग नाम जोडिनेलाई पनि संसारले बिर्सँदैन रहेछ ।
+++++++++++
शकुन्तलाको विरहगाथा सबैले गाए । कविले कविता लेखे । शकुन्तला कवितामा अमर भइन् । नाटकमा अमर भइन् । प्रेमले, रूप–माधुर्यले । शकुन्तला अमर भइन् । दुःखले अमर भइन् । प्रेमको दुःखले अमर भइन् । संसार उनलाई कठैबरा भन्छ, उनको दुःखबाट आनन्द लिन्छ ।
+++++++++++
तर शकुन्तला ? बिचरी शकुन्तला विरहदग्ध शकुन्तला, उनलाई यी सबबाट केही राहत मिलेन । तर शकुन्तला अमर भइन् । उनले निठुरी दुष्यन्तलाई पनि अमर बनाइन् ।
+++++++++++
सबैभन्दा सुन्दर समय हिउँद हो । हिउँदले मानिसलाई सबैभन्दा बढी स्वतन्त्रता दिन्छ । फलफूलको मालिक सुन्तला, जमिनमुनिको मालिक बदाम र सब्जीकी रानी काउली हिउँदका सिँगार हुन् । मदेसको चउरमा लम्पसार परेर घाम ताप्नुको मजा हिउँदमा झैँ अरू बेला कहाँ हुन्छ र ? हिउँदको ओछ्यान, हिउँदको सिरक, हिउँदको आगो । हिउँदको आगो मायाको प्रतीक हो, विद्रोहको होइन । अझ यस्तै हिउँदमा आफ्नी मायालु भेटियुन् र तिनका न्याना अँगालामा बाँधिन पाए ‘रुइ’ र ‘फुइ’ बिर्सन्छ दुनियाँले । हिउँदका लामा रात प्रेमसागरमा पौडनका लागि हुन्, मायानदीमा बहनका लागि हुन् । आहा, जीवन भनेको आनन्द लिनु न हो । हिउँदका बन्द झ्याल–ढोकालाई कसैले कैद भन्दैन ।
+++++++++++
अनि उता ताजमहल छ । संसारकै प्रेमको राजधानी हो हाम्रो ताजमहल । संसारभरिका प्रेमीहरू यहाँ आएर आफूलाई धन्य सम्झन्छन् । भारतवर्ष नै संसारको सबैभन्दा ठूलो प्रेमभूमि हो । भारतवर्षको एक हिस्सा हामी । संसारभरिको प्रेम यहाँ आएर एकीकृत हुन्छ । संसारभरिलाई चाहिने प्रेमसुधा यहीँबाट निःसृत हुन्छ । ताजमहलका रचनाकार बादशाह शाहजहाँ पूज्य हुन् र अझ पूज्य हुन् उनमा त्यत्रो प्रेम भरिदिने बेगम मुमताजमहल । मुमताजमहललाई सलाम छ ।
+++++++++++
यता हामीसँग काठमाडौँ पनि छ । काठमाडौँको इतिहास छ । राजा एक किचकन्नीको प्रेममा परे । किचकन्नीको प्रेममा तिनी समर्पित भए । पागल भए । रोगाए । किचकन्नीको प्रेममा परेर बनाएको यो रानीपोखरी हाम्रो शान । हामी किचकन्नीसँग प्रेम गर्नेका सन्तान । किचकन्नी जसले राजालाई मध्यरातमा बाग्मतीमा बोलाउँथी । किचकन्नी जसले राजाबाट बोकेको गर्भको बालक जन्मनासाथ मार्थी । किचकन्नी जसले नेपालको इतिहासको रेखा बदली, नेपालको नक्सा बदली । तर राजाहरू किचकन्नीबाट मुक्त हुन्नन् । राजाहरू पनि किचकन्नीको मायाजालबाट मुक्त हुन सक्तैनन् । यो नेपाल हो । नेपाल बदलिएको छैन ।
+++++++++++
अँध्यारामा लुकेर प्रेम गर्न बाध्य रूपसीहरूलाई किचकन्नी भनेको । मानिसलाई आफ्नो रूपमाधुर्य, स्वरमाधुरी र अप्रतिम माया दिनसक्ने साहसी निशाचर स्त्रीहरूले किचकन्नीको दुर्नाम पाए । यिनलाई कसैले मुमताजमहल भनेन । नेपालमा प्रेमको इतिहास लेखिएन । जे लेखियो पापको छाया बोकाएर लेखियो । हामीकहाँ प्रेम वर्जित छ । हामीकहाँ सुन्दरी हुन वर्जित छ । सुन्दरीले प्रेम गर्न वर्जित छ । सुन्दरीको प्रेम पाउने राजाले घरमा आएर शान्तिस्वस्ति गराउँछ । भूतप्रेतबाट आफू शासित भएको अभिनय गर्छ । प्रेम गरेको सत्य स्वीकार गर्दैन । प्रेम गर्दैन ।